१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्लाको शिवराज नगरपालिका वडा नं ३ बलुहवाबाट प्रहरीले २७ वर्षिय प्रेम थारुलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय चनद्रौटाको प्रहरी टोलिले गस्तिको क्रममा शिवराज नगरपालिका वडा न ३ बलुहवा स्थित भित्री सडक खण्डमा बलुहवाबाट उत्तर जंगल तर्फ जाँदै गरेका प्रेम थारुलाई पक्राउ गरेको हो ।

उनको साथबाट १ नाले भरुवा बन्दुक, प्लाष्टिकको डब्बामा रहेको बारुद १०० ग्राम र ५ पिस छर्रा बरामद गरेको छ । थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै बुद्धभुमीमा अवैध रुपमा मिस्कट बोकी आँउदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरको वडा नम्बर ३ रनगाई स्थित भित्रि सडक खण्डमा लु. ५ त ६४५ नं को ट्याक्टर सहित चालक लाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बुद्घभुमि नगरपालिका पठाईएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ७ : ०८ बजे