७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्युठानमा अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते



प्युठान ।

जिल्लाको गौमुखी गाउँपालिका–५ खुङमा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि रुखबाट लड्दा कृष्ण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनुभयो ।

प्रहरीका अनुसार गए राती करिब ११ बजे भएको घटनामा ३५ वर्षीय थापाको मृत्यु भएको हो । अरिङ्गाल पोल्न गएका थप पाँच जना अरिङ्गालको टोकाई बाट घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्युठान अस्पताल विजुवारमा उपचार भइरहेको छ । खुङको खाल ओडारमा अरिङ्गाल पोल्ने क्रममा घटना भएको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७९ आइतबार ००:००  ८ : १३ बजे