१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण



काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए ।

‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो निरन्तर झरी र वर्षको सम्भावना कम हुन सक्छ । यद्यपि मनसुन भने कायमै हुने अवस्था छ ।’

सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दसैं हुने भएको हो । समान्यतया मनसुन हरेक वर्ष अक्टोबर २ मा नेपालबाट बाहिरिने गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९ आइतबार ००:००  १ : ४५ बजे