१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाणगंगा साहित्यिक प्रतिष्ठानद्धारा रचना बाचन तथा शुभकामना आदानप्रदान



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुले रचना बाचन तथा दशैँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार एक बिशेष कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले बार्षिक कार्ययोजना तयारसंगै रचना बाचन र दशैँ तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा राधा पाण्डे, राधा बेल्बासे, नित्यानन्द पाण्डे, मोहन ज्ञवाली, कृष्ण प्रसाद पाण्डे लगायतले रचना बाचन गर्नुभएको थियो ।

यस्तै कृष्ण प्रसाद पाण्डे, ऋषिकेशव भारद्धाज ज्ञानराम अर्यालले, सुर्य प्रसाद भुसालले नजिकिदै गरेको महान पर्वहरुको अवसरमा शुभकामना सम्प्रेषण गर्दै कबिता बाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा, देवका भण्डारीको स्वागत र मोहन अधिकारीको सन्चालमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०७९ सोमबार ००:००  ७ : ३६ बजे