१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वाणगंगा नगरका औषधी पसलमा अनुगमन, मानव स्वास्थ्यमा संवेदनशिल हुन सुझाव



मायादेवी अनलाइन, वाणगंगा ।

वाणगंगा नगरपालिकाले चाडपर्व नजिकिएपछि बजार अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाले आफनो बजार क्षेत्रभित्र विभिन्न समुहमा एकैपटक बजार अनुगमन थालेको हो । वाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीको नेतृत्वमा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, शाखा प्रमुख, कर्मचारी तथा पत्रकारको उपस्थितीमा बजार अनुगमन गरिएको हो ।

४ वटा समुहमा खटिएको अनुगमन टोलीले औषधी पसल, एग्रोभेट, किराना पसल, होटल, मासुपसल लगाएतका पसल व्यवसायको निरिक्षण गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको नेतृत्वमा खटिएको टोलीले पिपरा, बैरिया र चारनम्बरका औषधी पसल, डेन्टल र पोलिक्लिनीकमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विभिन्न मेडिकलले दर्ता नगरी विविध सेवा संचालन गरेको, दक्ष जनशक्ति नराखेको, औषधी व्यवस्था विभागको म्याद सकिएकोे, व्यवसाय दर्ता नगरेको, म्याद गुज्रिएका औषधी भेटिएको, मूल्यसूची नराखेको र नगरपालिकामा व्यवसाय नविकरण नगरेको भेटिएको छ ।

अनुगमनमा मापदण्ड पुरा नगरेका मेडिकल व्यवसायीलाई एक महिना भित्र सवै प्रकृया पुरागरी नगरपालिकामा सम्पर्क गर्न पनि निर्देशन दिइएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

मेडिकल जस्तो संवेदनशील क्षेत्रको व्यवसाय नियम संगत हुनुपर्ने पौडेलले बताउनुभयो । संचालकलाई एक पटकलाई सुधार गर्ने मौका दिदै लिखित पत्र थपाएका छौं, पौडेलले भन्नुभयो, पटक पटक कमजोरी गरे कार्वाहीका लागि सिफारिस गर्नेछौं ।

पछिल्लो समय नगरपालिकाबाट नियमित अनुगमन गर्दा नगर भित्रका धेरै व्यवसायहरु दर्ता नविकरण भई व्यवस्थित रुपमा संचालन हुदै आएको बताउनुभयो । पौडेलले नगरभित्र संचालन भएका सवै मेडिकलको अनुगमन हुने बताउनु भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९ मंगलबार ००:००  ५ : ५२ बजे