१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

माओवादी केन्द्र कपिलवस्तुको नेतृत्वमा बेल्वासे



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको संयोजकमा विष्णु बेल्वासले जिम्मेवारी पाएका छन् ।

बेल्वासेलाई जिल्ला संयोजक बनाएको उक्त पार्टीले जनाएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ निवासी बेल्वासे पार्टीका जिल्ला तहका नेता थिए ।

माओवादीको परिमार्जित विधान अनुसार जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति भन्ने गरिएको छ ।

माओवादीमा लामो समय जिल्लाको नेतृत्व रामचन्द्र शाहले गर्दै आएका थिए । उनी हाल लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य रहेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ६ : ०७ बजे