१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमाले कपिलवस्तुले थप्यो जिल्ला सदस्य, थप ५ जना मनोनित



कपिलवस्तु ।
नेकपा (एमाले) कपिलवस्तुले जिल्ला कमिटीको संख्या ठूलो गराएको छ ।

झण्डै डेढ सयको हाराहारीमा जिल्ला कमिटी बनाएको एमालेले विहीबार थप ५ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ ।

एमालेका जिल्ला नेता विश्व कार्कीका अनुसार जिल्ला कमिटी सदस्यमा दयाराम पौडेल, रनु सेन, शिव दयाल त्रिपाठी, मलहु गुप्ता, रामदास कुर्मी मनोनित भएका छन् ।

पौडेल अनेरास्ववियुको जिल्ला अध्यक्षबाट हालै विदा भएका विद्यार्थी नेता हुन् । सेन युवा संघका नेता हुन् । त्रिपाठी यशोधराका मेयर हुन् । कुर्मी महाराजगंजमा झिनो मतान्तरले पराजित मेयर हुन् ।

गुप्ता बृजेश कुमारसंगै एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : १२ बजे