४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

शैक्षिक क्षेत्रको गुणस्तर उकास्न सबै क्षेत्रको सक्रियता आवश्यक : नगर प्रमुख अर्याल



मायादेवी अनलाइन, जितपुर ।

शैक्षिक क्षेत्रको गुणस्तर उकास्न सबै क्षेत्रले सक्रियता देखाउनुपर्ने बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भएको छ ।

बाणगंगा ५ स्थित झण्डा माबिले आयोजना गरेको सहयोगिदाता सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले शैक्षिक स्तर बढाउन सञ्चालक समिति र प्रधानाध्यापक सक्रिय भएर बिद्यालयको स्तरलाई पहिलेको गतिमा पुर्याउन सुझाब दिनुभयो । भौतिक निर्माणमा सुधार हुँदै गईरहेको अवस्थामा बिद्यार्थी संख्या थप बढाउदै लैजान आवश्यक रहेको उहाँको भनाई छ ।

यस्तै कायर्यक्रमा बोल्दै बिद्यालयका संस्थापक प्रधानाध्यापक झबिलाल पोख्रेलले भौतिक संरचनालाई मात्र ध्यान दिएर गुणस्तर राम्रो छ भन्न नमिल्ने बताउनुभयो । नगरमा राम्रोसंग दरबन्दी मिलानको काम पनि हुन नसकेको बताउदै शैक्षिक क्षेत्रको परिवर्तन हुने गरि जनप्रतिधिलाई लाग्न सुझाब दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै वडा नं ५ का वडा अध्यक्ष दुनिका भूषालले वडामा रहेका बिद्यालयहरुको सञ्चालक समितिलाई सक्रिय बनाउने गरि योजना भईरहेको बताउनुभयो । वडा भित्रका बिद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्ने गरि अघि बढ्ने धारणा राख्नुभयो ।

कार्यक्रममा झण्डा माबिलाई ३ लाख ६० हजारको १२ थान कप्युटर सहयोग गर्ने सहयोगि दाता स्थानीय समाजसेवी कृष्ण बहादुर कार्कीलाई दोसल्ला र सम्मान पत्रका साथमा सम्मान गरिएको छ ।

यस्तै बिद्यायमा १० वटा पानीका धारा सहित स्वच्छ खानेपानीको ब्यवस्था गरि दिने स्थानीय समाजसेवी शंकर न्यौपाने, बिष्णु न्यौपाने र अक्षयकोष स्थापना गरि गरिब बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने स्थानीय समाजसेवी सहयोगिदाता कृष्ण बहादुर खत्रीलाई पनि दोसल्ला र सम्मान पत्रका साथमा सम्मान गरिएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल खनालको अध्यक्षता, बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डन, कार्यपालिका सदस्य पिताम्बर बिक, वडा सदस्य नयन कुमारी थारु, बुद्ध थारु, बिद्यालयका प्रअ कृष्ण टन्डन, शिक्षक अभिभावक संघका अध्यक्ष भरत कार्की, बिद्यालय सल्लाहकार संयोजक शशि सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

बिद्यालयका सहायक प्रअ किरण पन्थीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९ शुक्रबार ००:००  ७ : १० बजे