१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

एमाले युवा नेता पाण्डेद्धारा पार्टी परित्याग



मायादेवी अनलाइन, जितपुर ।

नेकपा एमालेका युवा नेता सुवास पाण्डेले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार एक पत्र निकाल्दै पाण्डेले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

नेकपा एमाले वाणगंगा सदस्य तथा राष्ट्रिय युवा संघका सचिवालय सदस्य समेत रहनुभएका पाण्डेले पार्टीभित्र चरम गुटबन्दी, अवसरवाद मौलाएको भन्दै बैचारिक स्खलन तथा भ्रमपूर्ण गतिबिधिबाट जनतालाई झुक्काउने काम गरेको बताउनुभएको छ ।

युवा पहरेदारी, समझदारी र खबरदारीको सम्बाहक रहेकाले समाज रुपान्तरणमा युवाको भूमिका स्वाभिमानी हुनुपर्ने उक्त पत्र मार्फत बताउनुभएको छ ।
यस्तो छ राजीनामा पत्र

प्रकाशित मिति : १४ आश्विन २०७९ शुक्रबार ००:००  ८ : ३६ बजे