१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अटो रिक्सा व्यवस्थापनको पहल थाल्दै शिवराज



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले अटो रिक्सा व्यवस्थापनको तयारी थालेको छ । नगरपालिकाले अटो रिक्सा सन्चालनको कार्यविधि बनाएरै व्यवस्थित बनाउने गरी काम थालेको हो ।

नगरपालिकाका नगर प्रमुख अजय थापाले दशैं लगत्तै नगरभित्र सन्चालन हुँदै आएका अटो रिक्सालाई व्यवस्थित बनाउने बताए । नगरपालिकाले अटो रिक्सा चालक बीच छलफल पनि गरिसकेको छ ।

अब नगरपालिकाले कार्यविधि बनाएर भाडादर, सन्चालन गर्ने रुट लगायतको नियम बनाउने छ । चन्द्रौटा बजार क्षेत्र भित्र जथाभावी अटो रिक्सा चल्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको मात्र छैन्, दुर्घटनाको जोखिम पनि बढाएको छ ।

अब अटो रिक्सा हाट बजार नजिकै बन्दै गरेको रिफ्रेस सेन्टरमा रहनुपर्ने छ । रुटमा रहेका अटो रिक्साहरु चन्द्रौटा बजार क्षेत्रमा मात्र आउन पाउने छन् । बजार क्षेत्र भित्र ट्राफिक प्रहरीको सहायतामा अटो रिक्सा राख्ने स्थान बनाइने छ ।

लगभग ५ वटा मात्र अटो रिक्सा त्यहाँ राख्ने गरी व्यवस्थापनको प्रयास भइरहेको नगर प्रमुख थापाले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७९ मंगलबार ००:००  ६ : ३१ बजे