१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काङ्ग्रेसको समानुपातिक सूचीमा कपिलवस्तुकी सुवेदी



मायादेवी अनलाइन, बाणगङ्गा ।

नेपाली काङ्ग्रेसको समानुपातिक सूचीमा कपिलवस्तुकी देवकला सुवेदी (कमाल) परेकी छिन । लामो समय शिक्षण पेशामा आवद्ध सुवेदी सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् ।

उनी प्रतिनिधि सभा तर्फ समानुपातिकमा परेकी हुन् । नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघको कार्यबाहक अध्यक्ष भएर काम गरेकी उनी नेपाल शिक्षक महासङ्गको जिल्ला अध्यक्ष भएर समेत काम गरेकी थिइन् ।

उनी विभिन्न संघ सस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा क्रियाशिल छिन । मुस्लिम कोटाबाट उनको नाम दोस्रो नम्बरमा परेको छ ।

यस अघि उनका श्रीमान् अतहर कमाल मुसलमान नेपाली कांग्रेसको कोटाबाट प्रतिनिधि सभा सदस्यमा चुनिएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७९ बिहिबार ००:००  २ : ४९ बजे