२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

सेञ्चुरी बैंकको १ सय ४८ औं शाखा चारनम्बरमा शुभारम्भ



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको चारनम्बर जीतपुरमा सेञ्चुरी बैंकको शाखा शुभारम्भ भएको छ ।

शाखाको उद्घाटन वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गर्नुभएको छ । उहाँले नगरपालिका भित्र वित्तिय संस्थाहरु भित्रिनु सकारात्मक पक्ष भएकाले ग्राहकलाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पूँजी बजारको क्षेत्रमा वैंकहरुको प्रतिस्पर्धाले ग्राहकलाई सुविधा पुग्ने बताउदै उत्पादन मूलक कार्यमा बैकले बढि भन्दा बढि लगानी गरेर अर्थतन्त्रमा टेवापुग्ने बताउनुभयो । उहाँले नगर क्षेत्रमा सेवा विस्तार गरेकोमा सेञ्चुरी वैंकलाई स्वागत गर्दै वैंकिङ् कारोबार सहज र सरल बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु कुमार सारुले आफनो वडामा शाखा संचालन गरेर यहाँको आर्थिक गतिविधी बढ्ने बताउदै बैंकलाई सफलताको शुभकामना दिनुभएको छ ।कार्यक्रम सेञ्चुरी बैंकका लुम्बिनी प्रदेश प्रमुख विष्णु तिवारीले कपिलवस्तुमा १ सय ४८ औं शाखाको रुपमा चारनम्बरमा सेवा विस्तार गरेको बताउनुभयो ।

उहाँले आफनो बैंकले ग्राहकलाई धेरै सहज र सरल तरिकाले वैंकिङ्¨ सुविधादिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रम वैंकका प्रदेश उपप्रमुख यादव भट्टराईको संचालन रहेको कार्यक्रममा शाखा प्रमुख त्रिलोक राना, कपिलवस्तु उद्योग वाणिज्य संघ, संघ संस्थाका प्रतिनिधी, पत्रकार, समाजसेवी लगाएतको सहभागीता रहेको थियो । सेञ्चुरी बैंक प्रभु बैंकसंग मर्जर प्रकृयामा अघि बढेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९ मंगलबार ००:००  १२ : ३८ बजे