३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

इराक‍मा आज राष्ट्रपतिको निर्वाचन हुँदै



बगदाद ।

इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ ।

त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार पदहरु बाँडफाँट हुँदै आएका छन् ।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९ बिहिबार ००:००  ७ : १६ बजे