६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पानी पिउँदा ध्यान दिनुपर्ने यी १० कुरा



काठमाडौं ।
पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ ।

हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पु–याउनसक्छ । थाहा पाउनुस् पानी पिउने सही समय र तरिका यस्ता छन् ।

१‍. एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ ।

२. खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले श

शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।

३. घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

४. बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्छ ।

५. पानी प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिउँदा उभिएर पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैैले पानी पिउँदाखेरि जहिलेपनि बसेर मात्रै पानी पिउनुपर्छ ।

६. खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

७. राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

८. पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

९. पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन,शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

१०. पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ । एजेन्सी

प्रकाशित मिति : २९ आश्विन २०७९ शनिबार ००:००  ९ : २९ बजे