७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु



काभ्रे ।

जिल्लाको रोशी गाउँपालिका–२ स्थित् कुखुरे पाखामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जेसिबी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको जानकारी दिए।

डिएसपी न्यौपानेका अनुसार मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जीवराज तामाङ रहेका छन्। उनले जेसिबी सडकबाट करिब ९५ फिट तल खोलामा खसेको बताए।

डिएसपी न्यौपानेले रोशीको कुखुरे पाखाबाट कटुन्जेतर्फ जाँदै गरेको बा २ ख ८६०२ नम्बरको जेसिबी पल्टिँदा तामाङको मृत्यु भएको बताए। जेसिबी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने अनुमान गरे पनि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ।

स्थानीयका अनुसार जेसिबी अनियन्त्रित भई पल्टिँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित मिति : ३१ आश्विन २०७९ सोमबार ००:००  ३ : ३८ बजे