१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अर्घाखाँचीमा भिरबाट लडेर वृद्धको ज्यान गयो



अर्घाखाँची ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

भुमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

भुमिकास्थान नगरपालिकाको धारापानमा रहेको साईन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको ज्यान गएको हो ।गमाल बाटोदेखि झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुधवार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उहाँका दाइ भत्ता बुझेर हिँड्दै घर फर्किनु भएको थियो ।

गमाल भिरबाट लडेको अवस्थामा स्थानीयले देखेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९ बिहिबार ००:००  १२ : ५१ बजे