२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

एमाले क्षेत्र नं.१ द्धारा दुईवटा पार्टी कार्यालय उद्घाटन



कपिलवस्तु ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीले पार्टीका सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाटलाई तिब्रता दिएको छ ।

सोहि क्रममा आज बाणागंगा नगरपालिका वडा नंं. ५ र ६ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी, क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थी र प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपानेले संयुक्त रुपमा २ वटै कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै एमालेका उम्मेद्वारहरुले बाणगंगा वडा नं. ५ र ६ कृषि प्रचुर सम्भावना भएको ठाउँ भएकाले सिंचाईको सुविधा विस्तार सहित कृषि क्षेत्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले विकासको पर्यावाची एमाले भएकाले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले मायादेवी गाउँपालिकाको पकडी, शुद्धोधन गाउँपालिका वडा नंं. ३ लवनी लगायतका विभिन्न स्थानका मतदातासंग भेटघाट गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि आफ्नो क्षेत्रका मतदाता तथा अगुवा कार्यकताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९ मंगलबार ००:००  ५ : ५२ बजे