२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मतदाता भेट्नमा व्यस्त गठबन्धनका साझा उम्मेदवार बलदेव



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधि सभा-१ का उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ले मतदाता भेटघाटलाई तिव्र पारेका छन् ।

सत्तारुढ चार दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रहेका खनालले तिहार सकिए लगत्तै मतदाता भेटघाटलाई तिव्र पारेका हुन् ।

पूर्व मन्त्री तथा यसै क्षेत्रका संघीय सांसद रहेका उनले दक्षिणी क्षेत्रका मतदातालाई भेट्न घरदैलो गरिरहनुभएको गठबन्धनको निर्वाचन परिचालन समितिले जनाएको छ ।

घरदैलोमा पुग्दा उम्मेदवार खनालले आफूले सुरुवात गरेका पुराना योजनाको निरन्तरता, शिक्षा, स्वास्थ्य, कृषि, बाटोघाटो लगायतलाई प्राथमिकतामा राखेका छन् ।

स्थिर सरकार, संविधानको रक्षा लगायत राजनीति मुद्धालाई पनि उनले मतदातासंग जोडतोडले राखेका छन् ।

०७४ मा तत्कालिन बामगठबन्धनबाट चुनाव जिते पनि पार्टी भित्रको अन्तरकलहले सोचेजस्तो काम गर्न नसकेको उनले मतदाता सामु स्विकारेका छन् ।

सत्ता गठबन्धनको दरिलो साथ पाएका खनाल आसन्न मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ६ : ११ बजे