२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

वृजेशको चुनावी नाराः भूमि आयोग कागजी भयो, एमालेले सुकुम्वासीलाई जग्गा दिन्छ



मायादेवी अनलाइन, बुद्धभूमि ।
पूर्व मन्त्री तथा नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार वजेश कुमार गुप्ताले भूमिहिन सुकुम्वासीलाई जग्गा दिन एमालेको सरकार आउनु पर्ने बताएका छन् ।

आफ्नो क्षेत्रका मतदातासँग भेटघाट गर्दै गठवन्धनको सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न नसक्ने जिकिर गरे ।

केपी ओली नेतृत्वको सरकारको पालामा भूमिहिन सुकुम्वासीलाई लगत लिई जग्गा दिनका लागि काम सुरु भएको समेत ठोकुवा गरे ।

गठवन्धनको सरकारले सो आयोग विघटन गरी अर्को आयोग बनाए पछि २ वर्षसम्म कागजी आयोग बनेको आरोप उनले आरोप लगाए । २ वर्षसम्म लालपुर्जा वितरण गर्ने स्थितीमा आउनु पर्ने भए पनि हालसम्म ठोस काम नभएको दाबी गरे ।

उम्मेदवार गुप्ता जनतासँग आफूले गरेको काम र भावी योजना लिएर घरदैलो पुगिरहेका छन् । आफ्नो ५ वर्षे कार्यकालमा सडक, पुलपुलेसा, अस्पताल, कृषि र शिक्षाको क्षेत्रमा धेरै काम भएको उनी बताउँछन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले बाणगंगा नदी कटान रोक्नको लागि आफु सधै प्रतिवद्ध रहेको बताए । केपी ओली प्रधानमन्त्री भएको बेला योजनाको सुरुबात गरी डिपिआर सम्पन्न गरी हाल टेन्डरको प्रकृयामा रहेको बताए । आफ्ना क्षेत्रका जनताको सडक, पुलपुलेसा, कृषि रोजगारीको समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ७ : ११ बजे