१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते



बिष्णु कुमार आले, अर्घाखाँची ।
गुल्मी यातायातको जिप अर्घाखाँचीको सन्धिखर्क १० माटेमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

सोमबार बिहान गुल्मी धुर्कोट १ नयाँ गाउँबाट सन्धिखर्क आउदै गरेको लु १ ज २६२० नम्बरको जिपको अचानक ब्रेक फेल भई सडकको कुनापट्टी नालीमा परी सडक मै पल्टिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते ४ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

जिप दुर्घटना भए लगत्तै स्थानीयबासीले तुरुन्तै उद्वार गरि टेक्सी मार्फत घाइतेलाई जिल्ला अस्पताल पठाएका थिए । जिप दुर्घटनाको खबर पाउने बित्तिकै बिहार प्रहरी चौकीबाट प्रहरीको टोलि घटना स्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट ट्राफिक र म्यादी प्रहरी समेतको टोलि उद्धारको निम्ति ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । जिपमा चालकसहित १३ जना यात्रु सवार थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ४ : ०२ बजे