२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने युवक पक्राउ



काठमाडौं ।

मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका २ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९ बिहिबार ००:००  १ : २३ बजे