४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

रास्वपाको वाचापत्रः वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन



काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने जनाएको छ । बिहीबार आगामी चुनावका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले २११० सालसम्म नेपालमा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने बताएको हो ।
तस्बिर स् केशव थापा

रास्वपाको वाचापत्रमा भनिएको छ, गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुनेछ । सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ । त्यस्तै आधुनिक सुविधासम्पन्न गाउँहरू हुने र सहरहरू गाउँजस्ता हुने पनि रास्वपाको परिकल्पना छ ।

त्यस्तै आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि रास्वपाले वाचा गरेको छ । नेपालको संविधानमा लिपिबद्ध समाजवादप्रति प्रतिबद्धता लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि रास्वपाको प्रतिबद्धता छ ।

त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ । त्यस्तै खेलकुद क्षेत्रमा पनि नेपालले उक्त अवधिमा महत्त्वपूर्ण उपाधि हासिल गरिसकेको हुने रास्वपाको परिकल्पना छ । रास्वपाको वाचापत्रमा भनिएको छ, खेलकुदमा अन्तर्राष्ट्रिय ओलम्पिक, क्रिकेट ट्वान्टी २० विश्वकप पदक हासिल गरिसकेका हुनेछौँ ।

त्यस्तै २११० सम्म नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने र विश्वकै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा रहने पनि वाचापत्रमा उल्लेख छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९ बिहिबार ००:००  १ : ३२ बजे