२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा



काठमाडौं ।

पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो ।
अबिकष्अ

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्यो।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए ।

कप्तान बाबर आजमले २५ तथा शान मासुदले रन बनाए ।

बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १र१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो ।

बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले । आफिफ होसेनले अविजित २४ रन जोड्दा सौम्य सरकारले २० रन बनाए । लिटोन दासले १० रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए । शादब खानको नाममा २ विकेट रह्यो ।

जितसँगै पाकिस्तानले समूह २ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश ४ अंक जोडेर बाहिरिएको छ । यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रीका भने बाहिरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  १ : २१ बजे