२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

टर्कीका धार्मिक नेता ओक्तारलाई ८ हजार ६ सय ५८ वर्षको जेल सजाय



एजेन्सी ।

टर्कीका धार्मिक नेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा अदालतले आठ हजार छ सय ५८ वर्षको जेल सजाय सुनाएको छ ।

अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले महिलालाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि अदालतले अदनानलाई एक हजार वर्षको जेल सजाय सुनाएको थियो । अदनानले धेरै युवती उपस्थित हुने एक टीभी शो चलाउने गरेका थिए । युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ ।

६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन् । गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई एक हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  २ : १९ बजे