७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाङमा हथौडाले हानेर श्रीमतीको हत्या



दाङ ।

दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। 

बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए।

शुक्रबार बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए। श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ।शवलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २ मंसिर २०७९ शुक्रबार ००:००  १२ : १६ बजे