पाल्पा ।
पाल्पामा आइतबार हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर प्रारम्भिक चरणको काम सुरु गरेका छन् ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनका लागि पाल्पामा १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएको पाल्पाका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताउनुभएको छ ।
यसैबीच पाल्पामा नमूना मतदान केन्द्रको रुपमा तानसेन–२ मा सबै महिला कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन अधिकृत मिना ढकालले सबै महिला कर्मचारी र सुरक्षा कर्मीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन आफूहरु एकजुट भएर लागेको बताउनुभयो ।
१२ जना महिला कर्मचारी र १६ जना सुरक्षाकर्मीसहित २८ जनाले मतदान केन्द्र सम्हाल्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया