८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रुपन्देहीको सिद्धार्थनगर ११ मा विवाद हुँदा एक जना घाइते



भैरहवा । 

रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सृजना भएको थियो । 

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ। विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ४ : ५२ बजे