१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रुपन्देही-२ मा ११ बजेपछि मतगणना



बुटवल ।

रुपन्देही क्षेत्र नम्बर २ मा विहान ११ बजेपछि मत गणना सुरु हुने भएको छ । केही समय अगाडी सम्पन्न सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा सम्पन्न बैठकले मतगणना के कसरी सञ्चालन गर्ने बारेमा विभिन्न निर्णयहरुमा सहमति जनाई हस्ताक्षर भएको छ । यस क्षेत्रमा १३१ मतदान केन्द्रबाट ८१ हजार २०२ मत खसेको छ । यहाँ कुल मतदाता १ लाख २६ हजार ८०७ मतदाता रहेका थिए । निर्वाचन अधिकृतको कार्यालय प्रमुख उदविर नेपालीका अनुसार मत गणनाका लागि एउटै भवनमा ४ वटा कोठा व्यवस्थापन भैसकेको छ । सम्पूर्ण तयारी पूरा गरी मतगणना अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ११ बजे