१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

पूर्वी रुकुमको मतगणना बेलुका मात्रै हुने



रुकुम ।

पूर्वी रुकुमको मत गणना बेलुका मात्रै हुने भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।

‘हिजो मतदान हुँदाहुँदै रात प¥यो । मत पेटी संकलन नै गर्न सकिएन । अहिले साथीहरू मत पेटी लिन जानु भएको छ’ घिमिरेले भने, ‘आज दिनभरिमा मत पेटी ल्याउन सक्नुभयो भने बेलुकादेखि मत गणना सुरु हुन सक्छ ।’

यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट माओवादीका पूर्णबहादुर घर्ती एमालेबाट कैलाश मल्ल उम्मेदवार छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ५२ बजे