६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकियो, मतगणना सुरु हुँदै



दाङ ।

दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएकाले केहीबेरमा मतगणना सुरु हुने भएको हो ।

दाङ १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । यस्तै दाङ २ र ३ को ११ बजेदेखि सुरु हुने भएको छ । दाङ १ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी प्रतिनिधि सभा उम्मेदवार छन् । मेटमणि संघीय सहरी विकास मन्त्री पनि हुन । 

यस्तै दाङ २ बाट सत्ता गठबन्धनबाट माओवादीकी रेखा शर्मा र एमालेबाट शंकर पोखरेल उम्मेदवार छन् । दाङ ३ बाट सत्ता गठबन्धनबाट कांग्रेसका दिपक गिरी र एमालेबाट कोमल ओली उम्मेदवार छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ११ : ०८ बजे