८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्घाखाँचीमा अझै मतगणना कार्य सुरू भएन



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा मत गणना कार्य बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएता पनि अझै सुरू हुन सकेको छैन ।

मतगणना स्थलको तयारी पुरा भएपनि दलका प्रतिनिधीको व्वस्थापनमा ढिलाई गर्दा ढिला भएको हो । सर्बदलिय बैठक सम्पन्न भएकाले केही समय पछि मत गणना सुरु हुने मुख्य निर्बाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्राईले जानकारी दिए ।

जिल्लाका ९८ स्थायी मतदान स्थलका २ सय २ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । जिल्लामा ५४ प्रतिशत मत खसेको छ । जसमा महिला ४९ हजार १८ र पुरुष ४० हजार ५ सय १३ गरि जम्मा ८९ हजार ५ सय ३१ मत खसेको जिल्ला निर्बाचन कार्यालय अर्घाखाँचीका प्रमुख सुरेश भण्डारीले बताए ।
मत गणना स्थलमा तिन तहको सुरक्षा व्यबस्था गरिएको प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेको भनाई छ । यस्तै मत गणना स्थललाई तार,जाली लगाई व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १ : ३५ बजे