१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा ५ : एमाले अध्यक्ष ओली दोब्बर बढी मतले अगाडि



काठमाडौं ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर मतले अगाडि छन् ।

निर्वाचन आयोगका अनुसार मतगणना जारी रहँदा उनले ३ हजार २१२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन् । अधिकारी ओलीभन्दा १ हजार ६८९ मतले पछि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६०२ मत पाएका छन् । जनमत पार्टीका भीम राजवंशीले ३०७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ६ : १६ बजे