४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दोलखामा पुनः मतदान गर्ने आयोगको निर्णय



काठमाडौं ।
निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो ।

दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।

अतः संवत् २०७९ साल मङ्सिर ४ सम्पन्न भएको दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ ‘ख’ र ‘ग’, सोही गाउँपालिकाको वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’, तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ गरी १० (दश) वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको नदेखिएको आयोगको ठहर छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ९ : १५ बजे