४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दलहरुलाई स्पष्ट बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण : विष्णु पौडेल



बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ सम्पन्न निर्वाचनले कुनै पनि दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्य पूर्ण कुरा हो ।’(पौडेलले भने, कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जान सक्छ खतरा बढेको छ ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेकपा एमालेले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको र त्यसको बदलामा अन्य कुनै दलले पनि स्पष्ट बहुमत नल्याउनु चिन्ताको विषय भएको उल्लेख गरे । मुलुकको नेतृत्वका लागि एमाले तयार रहेको बताउँदै उनले राष्ट्रिय आवश्यकता अनुसार गिभ एण्ड टेक गर्न सकिने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७९ सोमबार ००:००  ११ : ३४ बजे