२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाण्डौमा एक जनाको ज्यान गयो



काठमाण्डौ ।

काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा गएराति बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ । कार्कीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  ८ : ४२ बजे