१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रिय अपाङ्ग महासङ्घको नवौं महाधिवेशन नेपालगञ्जमा शुरु



नेपालगञ्ज ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ ।

नेपालगन्जको बालेगाउँमा मङ्गलबारदेखि शुरु भएको महासङ्घको सो राष्ट्रिय महाधिवेशनको मुख्य न्यायाधीश डा रत्न बागचन्दले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै मुख्य न्यायाधीश डा. बागचन्दले नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता भएका नागरिकलाई पनि अवसर र अधिकार दिनुपर्ने बताउनुभयो ।

उहाँले अपाङ्गता भएकाहरुलाई सरकारले झन् बढी महत्त्व दिनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, पूर्व अध्यक्ष डा वीरेन्द्रराज पोखरेल र दीपक कोइराला, राष्ट्रिय लोकतान्त्ररिक अपाङ्ग सङ्घका अध्यक्ष भोजराज श्रेष्ठ, अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुलीलगायतले महाधिवेशन सफलताको शुभकामना दिनुभयो ।

दुई दिनसम्म चल्ने सो महाधिवेशनमा देशभरिका हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागिता छ।महाधिवेशनले राष्ट्रिय अपाङ्ग महासङ्घको नयाँ नेतृत्वको निर्वाचन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  १ : ३२ बजे