१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी



काठमाण्डौ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो । विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित हुनुभएको छ ।

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरुदेखि नै अग्रता बनाउनुभएका हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी हुनुभएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  १ : ५४ बजे