७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बर्दियाबाट लागूऔषधसहित दुई जना पक्राउ



बर्दिया ।

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका—७ कर्णालीपुरस्थित लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनहरुलाई पक्राउ गरिएको हो ।

सीमावर्ती भारतबाट लुकाइछिपाइ ल्याएको ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मधुवन नगरपालिका—८ का गणेश चौधरी र कृष्ण थारुलाई जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी हिक्मतबहादुर बोहोराले जनाए । उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध कारोबारमा मुद्दा चलाइएको डीएसपी बोहोराले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  २ : २९ बजे