१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कतार विश्वकपः आज समूह चरणका ४ खेलहरु हुँदै



काठमाडौं

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् ।

विश्वकपमा शुक्रबार समूह एच र समूह जी को दुई दुई खेलहरु हुनेछन् । समूह एच अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ । यस्तै समूह जी अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ६ : १० बजे