२१ माघ २०७९, शनिबार | Sat Feb 4 2023

पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, १० जना घाइते



पूर्वी नवलपरासी ।

पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार मृत्युहुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा थिए ।

दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ कान्छीपानीमा ग ०४००१ च ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खसेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ६ : १५ बजे