१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वकप फुटबल: नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्छन् ?



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ ।

शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

कतार विश्वकपमा समूह ए बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

समूह बी बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह सी बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ुडीु बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

समूह ई बाट जापान विजेता र स्पेन उपविजेता, समूह एफ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह जी बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह एच बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  ६ : १२ बजे