१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

धनुषा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने पाँच जनाको पहिचान खुल्यो  



धनुषा ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा जीप चालक धनुषाका धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुरको ज्यान गएको हो । 

आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९६ नम्बरको जीपलाई माछा बोकेको ज १ च १४९६ नम्बरको जीपले ठक्कर दिएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुको  प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ । घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले ठक्कर दिने जीप र जीपका चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  १२ : १६ बजे