१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कतार विश्वकपः आज नकआउट चरणका दुई खेल हुँदै



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
फ्रान्स समूह (डी) को विजेता र पोल्याण्ड समूह (सी) को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

इंग्ल्यान्ड समूह (बी) को विजेता र सेनेगल समूह (ए) को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ६ : १८ बजे