१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यस्तो भयो आत्म ज्ञान प्रचार संघ जितपुरको ‘सत्सङ’ कार्यक्रम



मायादेवी अनलाइन, जितपुर । आत्म ज्ञान प्रचार संघ जितपुर केन्द्रले पहिलोपटक आयोजना गरेको सतसङ कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारणले सहभागिता जनाएका छन् । शुक्रबार सिद्धार्थ क्याम्पस बुङचीमा भएको कार्यक्रममा अन्र्तराष्ट्रिय शान्तिका अग्रदूत श्री प्रेम रावतको शान्ति सन्देशमुलक भीडिओ प्रस्तुति कार्यक्रम राखिएको थियो ।

रावतको उक्त सन्देश सुन्नको लागि जिल्लाका बिभिन्न केन्द्रबाट करिब १ हजार प्रेमी र जिज्ञासुको सहभागिता रहेको केन्द्र सहायक खेमलाल अधिकारीले बताउनु भयो । विश्वभर द्धन्द्ध र कलह बढेको अवस्थामा शान्ति सन्देश बोकेर प्रेम रावत विश्व भ्रमणमा हुनुहुन्छ ।

केही महिनापछि उहाँ नेपाल आउन लाग्नु भएकाले त्यसैको तयारीस्वरुप कार्यक्रम गरिएको केन्द्र सहायक अधिकारीले बताउनु भयो । यो अभियान कुनै धर्म र सप्रदायसंग नजोडिएको भन्दै मानिसलाई मानिसको रुपमा चिन्ने खालको आत्म ज्ञान बढाउने ज्ञानको अभियान भएको अधिकारीले बताउनु भयो । सहभागिले कार्यक्रम निकै सन्देशमुलक रहेको बताएका छन् । नेपालमा यस्तै कार्यक्रम भइरहने हो भने संस्कृति र धर्ममाथिका विकृति हट्ने कार्यक्रम हेरेका सहभागिले बताए ।

बालगृह तौलीहवाका प्रमुख राम प्रसाद अर्यालले कार्यक्रम निकै फलदायी रहेको बताउँदै समयसमयमा यस्ता कार्यक्रम राख्न आयोजकलाई आग्रह गर्नु भएको थियो । कार्यक्रम सफल पार्नको लागि ५० जनाभन्दा बढी स्वयम्सेवक परिचालन थिए । यो कार्यक्रम सोँचेभन्दा बढी सफल भएको भन्दै अब पटकपटक यस्तो कार्यक्रम गर्ने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ६ : ३८ बजे