१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कतार विश्वकपः आज दुई खेल हुँदै



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

जापान समूह (ई) बाट विजेता र क्रोएसिया समूह (एफ) बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

ब्राजिल समूह ुजीु को विजेता र दक्षिण कोरिया समूह (एच) को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  ७ : ०९ बजे