१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लुम्बिनीको एक सहित ८ पालिका अझैं बजेटविहिन



काठमाडौं ।

७५१ स्थानीय तहमध्ये ८ वटा पालिका अझै बजेट विहिनको अवस्थामा छन् । मधेश प्रदेश अन्तर्गतका ७ वटा पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म पनि चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउन नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, सिराहा, नगराइन नगरपालिका र कमला नगरपालिका, धनुषा, विष्णु गाउँपालिका, सर्लाही, बौधीमाई नगरपालिका, रौतहट र यमुनामाई गाउँपालिका, रौतहटले हालसम्म पनि वार्षिक बजेट पेश गर्न नसकेका हुन् ।

यस्तै, लुम्बिनी प्रदेशको नरैनापुर गाउँपालिका, बाँकेले समेत चालू आर्थिक वर्षको वार्षिक बजेट हालसम्म ल्याउन नसकेको मन्त्रालयले जनाएको छ । अन्य ५ वटा प्रदेशबाट भने सबै स्थानीयतहरुले पूर्णरुपमा बजेट ल्याइसकेका छन् ।
संविधान अनुसार असार १० गतेभित्र नै स्थानीय तहले आफ्नो वार्षिक आय व्ययसहितको बजेट नगर वा पालिका सभामार्फत पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  १ : २० बजे