१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सत्ता गठबन्धनलाई निरन्तरता दिने बालुवाटार बैठकको निर्णय



काठमाडौं ।

सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।’

ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  ६ : २० बजे