१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अनिद्राबाट बच्न के गर्ने ?



काठमाडौं ।

पछिल्लो समय मानिसमा निद्रा नलाग्ने समस्या बढेको छ । राति निदाउन कठिनाइ भएको, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ ।

अनिद्रालाई रोग नै भन्न मिल्दैन । यद्यपि, मनोरोगका केही लक्षण गडबड भएर निद्रा बिग्रने हुन्छ । एन्जाइटी, डिप्रेसन, साइकोसिभको समस्या हुँदा पनि सुरुमा निद्रा बिग्रन्छ । निद्रालाई एउटा लक्षणका रूपमा लिनुपर्छ । तर, अन्य मानसिक रोगमा पनि निद्रा बिग्रन्छ ।

कारण

एक्कासि आइपरेको मानसिक तनाव,
क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन,
आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ ।
लागुपदार्थको सेवन गरेका मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु ।
कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्नेलाई निद्रा बिग्रन्छ ।
बेडमा बसेर टिभी हेर्ने, बेडमा बसेर
मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीलेपनि निद्रा लाग्दैन ।
बाहिरी कोलाहलका कारण पनिनिद्रा लाग्दैन ।
कसरी बच्ने ?

बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ ।
दैनिक शारीरिक व्यायाम गर्ने ।
स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।
सकेसम्म धेरै चिल्लो पदार्थ भएकोखानेकुरा नखाने ।
कम र स्वस्थकर खाना खाने बानी बसाल्ने ।
बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसो सकेसम्म नसुत्ने ।
लागुपदार्थको सेवन नगर्ने ।
तनाव व्यवस्थापन गर्ने ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ८ : २९ बजे