१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ब्लड क्यान्सर पिडित बालकको उपचार सहयोगका लागि अनुरोध



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा १२ कोठियाँ मैदान घर भई हाल कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ बस्ने बिष्णु बहादुर पाण्डे र मिना पाण्डेका ११ बर्षिय छोरा कमल बहादुर पाण्डेलाई ब्लड क्यान्सर भएपछि उपचारमा समस्या भएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएपछि काठमाडौ लगायत विभिन्न अस्पताल र भारतको विभिन्न अस्पतालमा उपचार गर्दा भएको केही पैसा सकिएपछि उपचारका लागि समस्या हुँदा थप आर्थिक सहयोगका लागि क्यान्सर पिडित बालकका वुवाआमाले सबै सामु अपिल गरेका छन् ।

अहिले निज पिडित बालकको भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ । पिडित बालकका वुवा आमाले रूदै भने, यस्तो समस्या कसैलाई नपरोस। जहाँ होचो त्यहि घोचो भने जस्तै जो परिवार गरिव छ, त्यहि परिवारलाई ठूलो रोगले आक्रमण गर्दौ रहेछ ईश्वरको हेर्नेदृष्टि सबैमा बराबर हुन्छ भन्छन् ,उनले भने तर हामीलाई ईश्वरले पनि धेरै पीडा दिए ।

करिव ६ महिना देखि अस्पतालमा बसेर उपचार गर्दै आएका छौं । दैनिक २५ हजार देखि ३० हजार खर्च हुन्छ तर पैसाको अभावमा उपचार प्रभावित हुन थालेको छ । जसरी भएपनि मेरो छोरालाई बचाईदिन आग्रह गर्दै पिडित बालकको वुवाको नाममा रहेको एन. एम. बि बैंकको खाता नम्बर 1960194392000013 मा देश बिदेशमा रहनु हुने सहयोगी मनलाई सहयोगका लागि पिडित बालकको वुवा आमाले बिनम्र अनुरोध गरेका छन् । साथै पिडित बालकको वुवा आमाको फोन नम्बर 9866158868/9867909772 मा फोन गरि सहयोग गर्नका लागी परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ४ : १६ बजे