१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप फुटबलमा पोर्चुगलका रामोसको ह्याट्रिक



काठमाण्डौ ।

स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलको कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । २१ वर्षीय रामोसले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।

उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो । त्यस्तै पोर्चुगलका राफाएल गुरेरो, राफाएल लिआओ र पेपेले १र१ गोल थपे । स्विट्जरल्याण्डका म्यानुएल अकान्जीले एक गोल फर्काए । यस्तै गएराति भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्‍यो ।

निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । विश्वकप फुटबलमा अन्तिम–१६ का खेल सकिएका छन् । अब क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, ब्राजिल र क्रोएशिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इंग्ल्यान्ड र फ्रान्स खेल्ने भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९ बुधबार ००:००  ८ : १५ बजे